अण्डा शाकाहारी कि मांसाहारी ?

सामान्यतः शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ । सबै शाकाहारीले मासु खाँदैनन् । तर, शाकाहारीले अण्डा खान्छन् भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।

प्रायःजसो शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ । तसर्थ, कतिपय शाकाहारीले अण्डा खान्छन् । यद्यपि, उनीहरूले कुखुरा र माछालाई भने आफ्नो दैनिक खानेकुरामा समावेश गरेका हुँदैनन् ।

अझै धेरै व्यक्तिले अण्डालाई शाकाहारी खानेकुराका रूपमा मान्यता दिँदैनन् । यदि पोथी र भालेको सम्भोगपछि उत्पादित अण्डाबाट चल्ला कोरलिन्छ । त्यही भएर जनावरको मासु नखाने शाकाहारीले अण्डा खान नहुने तर्क राख्छन् ।

यदि अण्डा निषेचित गरिएको छैन र चल्ला कोरलिने सम्भावना छैन भने त्यसलाई शाकाहारी मान्नुपर्छ भन्ने तर्क पनि छ । त्यस्तो अण्डालाई दूध र नौनीजस्तै जनावरको उत्पादन मान्ने गरिन्छ । व्यवसायिक रूपमा उत्पादित ग्रसरीमा पाइने अण्डा अनिषेचित हुन्, तिनीहरूबाट चल्ला कोरल्न मिल्दैन । हिन्दु, जैनजस्ता केही धर्मले शाकाहारी खानेकुरालाई जोड दिन्छन् र उनीहरूले अण्डालाई पूर्ण रूपमा निषेध गर्नुका साथै पटक्कै शाकाहारी मान्दैन ।

तर, पछिल्लो समयमा विज्ञानले भने अण्डा शाकाहारी भएको पुष्टि गरिसकेको छ । वैज्ञानिकहरूका अनुसार अण्डामा बाहिरी बोक्रा, सेतो र पहेलो गरी तीन भाग हुन्छ । सेतो भागमा प्रोटीन हुन्छ भने पहेलो भागमा प्रोटीन, कोलेस्टेरोल र फ्याट हुन्छ । हामीले खाने अण्डा निषेचित (फर्टिलाइज्ड) नभएको हुनाले त्यसबाट चल्ला कोरिलिने सम्भावना हुँदैन । त्यही भएर वैज्ञानिकहरूले अण्डालाई शाकाहारी पुष्टि गर्दै वर्षौदेखिको विवाद अन्त्य गरिदिएका छन् ।

शरीरमा पौष्टिक पदार्थ परिपूर्ति गर्नका लागि अण्डा खानुपर्ने विज्ञहरूको सुझाव छ । अण्डालाई अत्यधिक पौष्टिक पदार्थ भएकाे वस्तु मानिन्छ । एउटा ठूलो अण्डामा ६ ग्राम प्रोटिनका साथै भिटामिन र मिनरल्स पाइन्छ । वस्तवमा अण्डाको पहेलो भाग शरीरलाई तन्दुरुस्त राख्न चाहिने कोलिन भन्ने तत्त्वको सबैभन्दा उत्कृष्ट स्रोत हो । कतिपय शाकाहारी व्यक्तिले मासु र माछा नखाए पनि अण्डालाई पोषक खानेकुराका रूपमा छनोट गर्छन् ।

अर्कोतर्फ, कतिपय अवस्थामा अण्डामा उच्च मात्रामा कोलेस्टेरोल हुने भएकाले यसलाई अस्वस्थ खानेकुरा पनि मानिन्छ । केही अनुसन्धानले कोलेस्टेरोलयुक्त अण्डा खाँदा रगतमा यसको मात्रा बढ्ने देखाएका छन् भने केही अनुसन्धानले चाहिँ खानेकुरामा भएको कोलेस्टेरोलले मुटुसम्बन्धी रोगमा जोखिम नपार्ने उल्लेख गरेका छन् ।

एक अध्ययनअनुसार अण्डा खाने ७० प्रतिशत व्यक्तिमा यसको मात्रा बढेको पाइएन । अनुसन्धानमा एकरूपता नभएको अवस्थामा केही शाकाहारीले अण्डा त्याग गरिरहेको देखिन्छ भने अन्यलाई डाइटको भागकै रूपमा अण्डा खाइरहेका छन् ।

कुनै शाकाहारी व्यक्तिले अण्डा खायो भने उसलाई फरक नामले सम्बोधन गरिन्छ ।शकाहारीका पनि विभिन्न प्रकार रहेका छन् । अण्डा, माछा र मासु नखाने तर दूध मात्र खाने शाकाहारीलाई लेक्टो–भेजेटरियन भनिन्छ । मासु, माछा र दूध नखाने तर अण्डा चाहिँ खानेलाई ओभो भेजेटरियन भनिन्छ । त्यसैगरी, मासु र माछा नखाए पनि अण्डा र दूध चाहिँ खानेलाई लेक्टो–ओभो भेजेटरियन भनिन्छ । मासु, माछा, दूधजनयअण्डा, महजस्ता जनावरको कुनै पनि उत्पादन नखाने व्यक्तिलाई भेगान भनिन्छ । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *