नेप्से ५ अंकले बढ्यो, १ अर्ब ८ करोडको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से ५.१७ प्रतिशतले बढेको हो । यस दिन १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३५ रुपैयाँमा २८ लाख ८५ हजार ३९ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन १ सय ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयरमूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन जाल्ला लघुवित्त, नेपाल फाइनान्स लिमिटेड, राधी जलविद्युत् कम्पनी, ङादी ग्रुप पावर लिमिटेडलगायत कम्पनीको सेयरमूल्य सबैभन्दा बढीले बढेको छ ।

त्यस्तै, सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड, माउन्टेन इनर्जी, मानुषी लघुवित्तलगायत कम्पनीको सेयरमूल्य सबैभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *