गठबन्धन तासको घर हाे, तर्सिनु पर्दैन : उपाध्यक्ष पौडेल

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलको सत्तागठबन्धन बालुवा र तासको घर भएकाले तर्सनुपर्ने अवस्था नरहेको बताएका छन् ।

बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित उम्मेद्वार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले बालुवा र तासको घर जस्तै रहेको गठबन्धन एमालेका लागि चुनाैती हुन नसक्ने भन्दै तर्सनुपर्ने आवश्यकता नरहेको बताए ।

उनले चूनावमा पराजय स्वीकार गरेर गठबन्धन बनाएको तर्क गरे । पौडेलले एमालेले जित्दा मुलुकको समृद्धि र विकास अघि बढ्ने भएकाले जनताका लािग जीत हासिल गर्नुपर्ने धारणा राखे । सरकारमा रहेका दलहरु आजका मितिमा पनि चूनाव सार्ने षडयन्त्रमा लागिरहेको उनकाे आरोप छ ।

उनले जतिसुकै कोसिस गरेपनि समयमा नै निर्वाचन गर्न र एमालेलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने दावी गरे । पौडेलले स्थानीय तहमा जितको सुरुवात गर्दै प्रदेश र केन्द्रको निर्वाचनमा विजयी हुँदै एमालेको एकल नेतृत्वको सरकार गठन हुने बताए ।

उनले तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा एमालेले शानदार विजयी हासिल गर्ने दावी गरे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *