जनताले प्रत्यक्ष अनुभव गर्ने परिवर्तन ल्याउँछु : पेमा छिरी शेर्पा

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका पेमा छिरी शेर्पाले आफूले जनताले प्रत्यक्ष अनुभव गर्ने खाले विकासको परिवर्तन ल्याउने बताएका छन् । नेकपा माओवादी केन्द्रको गोकर्णेश्वर नगर इन्चार्ज शेर्पा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट गोकर्णेश्वर नगरपालिकाको उपमेयरका उम्मेदवार हुन् ।

एक सफल व्यवसायी तथा शिक्षा सेवामा लागेका शेर्पाले आफूले गोकर्णेश्वर नगरपालिकाको आर्थिक विकासमा जोड दिने र नगरवासीको आर्थिक अवस्था राम्रो भए स्वतः नगरपालिकाले विकासको गति लिने दाबी गरे । सडक, खाने पानी, सडक बत्ती ,ढल र वातावरणीय विकास संरक्षणलाई शेर्पाले महत्त्वपूर्ण भौतिक पूर्वाधार मान्दछन् ।

आफ्नो कार्यकालमा यस्ता भौतिक पूर्वाधार विकासमा जनसहभागितासँगै अघि बढ्ने उनको योजना छ । आफूले उपमेयर जितेमा सरकारबाट पाउने सेवा सुविधा पनि नलिने र त्यसबाट आउने रकम विकास निर्माणमै लगाउने शेर्पाको प्रतिबद्धता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *