पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेनलाई सम्मान गर्दै

काठमाडौँ । पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ।

२०७८ सालभरि उत्कृष्ट सेवा प्रदायकहरूलाई सम्मान गर्ने तयारी गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले बताइन्। ‘पठाओको यात्रामा हाम्रा राइडर, क्याप्‍टेन र फुडमेन साथीहरूले सधैँ हामीलाई हाम्रो परिवारझैं साथ दिनुभएको छ’, हमाल थप्छिन्,  ‘उहाँहरूको योगदानको कदर गर्दै यो कार्यक्रम आयोजना गरेका हौँ।’

सबै कामलाई सम्मान गरौँ, एउटै नजरले हेरौँ र सोचमा सकारात्मक परिवर्तन ल्‍याऔँ’ भन्‍ने आशाका साथ कार्यक्रम आयोजना गरिएको हमालको भनाइ छ। पठाओलाई उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म बनाउन योगदान दिने राइडर, क्याप्‍टेन र फुडमेनहरूलाई प्रोत्साहन गर्न आयोजनाको तयारी गरिएको कार्यक्रम यही वैशाख १८ गते (मे १) श्रम दिवसको दिन हुने बताइएको छ। कार्यक्रमलाई आगमी वर्षहरूमा पनि निरन्गतरता दिइने हमालले जानकारी दिइन्।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत् पठाओ नेपालले सेवा सुरू गरेको थियो। ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ‘पठाओ फुड’समेत सञ्चालनमा ल्याएको हो।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *