कुमारी बैंकको सीईओमा खनाल

काठमाडौँ । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गरेको हो । साढे दुई महिनाअघि मात्रै बैंक सञ्चालक समितिले खनालाई कामु सीईओको जिम्मेवारी दिएको थियो ।
सञ्चालक समितिले बुधबारदेखि लागु हुने गरी ४ वर्षे कार्यकालका लागि उनलाई सीईओ नियुक्त गरेको हो ।
खनालसँग झण्डै डेढ दशकदेखि बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । यसअघि उनले एनआईसी एसिया क्यापिटल लिमिटेडको सीईओ भएर काम गरेका थिए । त्यस्तै सिद्धार्थ बैंकमा समेत उनले काम गरेका थिए ।
कुमारी बैंकका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट राजीनामा दिएपछि खनालाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।









