नेप्सेको ओरालो यात्रा कायमै, १५ अंकले परिसूचक घट्दा १ अर्बको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से १५.०२ अंकले घटेर २३७०.०२ बिन्दुमा ओर्लिएको छ । यस दिन जम्मा ३४ लाख १९ हजार २ सय २८ कित्ता सेयर १ अर्ब ४ करोड ६० लाख १४ हजार ४ सय १७ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन १५६ कम्पनीको सेयर मूल्य घटेको छ । भने ३५ कम्पनीको सेयर मूल्य बढेको छ ।

जाल्पा सामुदायिक लघुवित्त, किसान लघुवित्त, एनआईबीएल प्रगति फण्डजस्ता कम्पनी तथा म्युचुअल फण्डका इकाको सेयर मूल्य बढेको छ ।

त्यस्तै, हिमालयन पावर पार्टनर, मल्टि पर्पस फाइनान्स कम्पनी, युनाइटेड मार्दीलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *