श्रीलंकाको अर्थतन्त्र देखाएर डर पैदा गर्ने काम भइरहेको छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रीलंकाको आर्थिक संकट देखाएर नेपालमा डर पैदा गर्ने काम भइरहेको आरोप लगाएका छन् ।

बजेटको तयारीबारे छलफल गर्न अर्थमन्त्री जनार्दन शर्माले डाकेको बैठकमा उनले यस्तो बताएका हुन् । पछिल्लाे समय नेपालकाे अर्थतन्त्रमा देखिएकाे संकट बढ्दै गए श्रीलंकाकाे जस्ताे आर्थिक महासंकट आउन सक्ने भन्दै विज्ञहरुले गरिरहेकाे विश्लेषणप्रति लक्षित गर्दै उनले यस्ताे बताएका हुन् ।

‘यहाँ श्रीलंकाको अर्थतन्त्रलाई देखाएर डर पैदा गर्ने काम भइरहेको छ,’ छलफलमा उनले भने, ‘यस्ता कुरालाई चिर्दै देशको अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आउनुपर्छ ।’

मन्त्री कार्कीले आगामी आवको बजेटले ठोस विषयवस्तुमात्रै समेट्नु पर्ने र आर्थिक विकास केन्द्रित हुनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =