दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ निष्कासन

काठमाडौं । दोर्दी खोला जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीयका लागि मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले स्थानीयलाई १० लाख ५४ हजार २ सय ६० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यसमा आयोजना प्रभावितले लमजुङको दोर्दी गाउँपालिकाअन्तर्गत पर्ने साविकका भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१ र ८) का स्थानीयले आर्इपीओमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित मूल्य दरका आईपीओ जारी गरेको छ । यसमा स्थानीय प्रभावित सर्वसाधारणले न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर शाखाबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आईपीओमा वैशाख २७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *