गोरखामा कांग्रेसले पनि एक्लै दियो उम्मेदवारी

पोखरा । गठबन्धनमा तालमेल नमिलेपछि नेपाली कांग्रेसले पनि गोरखाका ११ वटै स्थानीय तहमा एक्लै उम्मेदवारी दर्ता गराएको छ।

गोरखा नगरपालिकाको मेयरका लागि राजनराज पन्त र उपमेयरमा मसलीमाया थोकर (सपना पुन) ले उम्मेदवारी दर्ता गराएका छन् भने पालुङटार नगरपालिकाको मेयरमा इन्जिनियर दिपकबाबु कँडेल र उपमेयरमा चेतकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्। आरुघाट गाउँपालिकाका अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपालीले उम्मेदवारी दर्ता गराएका छन् भने धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ र उपाध्यक्ष फुलमाया गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्षमा गोबिन्द गुरुङ र उपाध्यक्ष इन्द्र गुरुङ उम्मेदवार उठेका छन्।

त्यस्तै, सिरानचोक गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र गुरुङ र उपाध्यक्ष रिता देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्। गण्डकी गाउँपालिकामा अध्यक्ष होमबहादुर राना र उपाध्यक्ष ललिता अधिकारी दोहोरिएका छन्। भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा रोशन गुरुङ र उपाध्यक्षमा अमृता वस्तीले उम्मेदवारी दिएको कांग्रेस गोरखाले जनाएको छ।

यसैगरी, चुमनुब्री गाउँपालिकाको अध्यक्षमा धनबहादुर गुरुङ र उपाध्यक्षमा मेन्टोक छोकी लामा, बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटा तथा शहीदलखन गाउँपालिकाको अध्यक्षमा नारायण लामिछाने र उपाध्यक्षमा शर्मिला श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *