झण्डै ३५ अंकले घट्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौँ । साताको सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार ९५ अंकले बढेको बजार सोमबार भने ३४.९५ अंकले घटेर २३८६.०१ बिन्दुमा ओर्लिएको छ ।

यस दिन ५० लाख ४७ हजार ७ सय ६९ कित्ता सेयर २ अर्ब ४ करोड २२ लाख ५३ हजार १ सय ८२ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन सूचिकृत २३९ कम्पनी मध्ये १६३ कम्पनीको सेयर मूल्य घटेको छ । २७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन जाल्पा लघुवित्त, सिद्धार्थ इकवीटि फन्ड, सामुदायिक लघुवित्तलगायत कम्पनीको सेयरमूल्य बढेको छ ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर, न्यादी, सामलिङ पावर, हिमालय ऊर्जा लगायतका कम्पनीको मूल्य घटेको छ ।

होटेल एन्ड टुरिजमबाहेक यस दिन सबै समूहगत सूचकहरु ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *