अस्तव्यस्त बन्यो विराटनगर महानगरपालिकाकाे मनाेनयन दर्ता स्थल

विराटनगर । विराटनगर महानगरपालिकास्थित मनोनयन दर्ता स्थल अस्तव्यस्त बनेको छ।

उम्मेदवार टुङ्गाे लगाउने प्रक्रयामा दलहरूबाट भएको ढिलाइका कारण सबै दलका उम्मेदवारहरू अन्तिम समयमा दर्ता स्थल पुगेपछि विराटनगरस्थित मनोनयन दर्ता कार्यालयमा अस्तव्यस्तता बढेको हो। दलहरूलाई आज वैशाख १२ गतेभित्र मनोनयन प्रक्रिया सम्पन्न गर्न निर्वाचन आयोगले अपिल गरेको थियो।

तर, उम्मेदवार चयन गर्न नै ढिलासुस्ती भएको हुँदा सबै दलका उम्मेदवारहरू एउटै समयमा मनोनयन दर्ता स्थलमा भेला भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *