गठबन्धनको तर्फबाट विराटनगरकाे प्रमुख उपप्रमुखमा मनाेनयन दर्ता

विराटनगर । गठबन्धनको तर्फबाट विराटनगरको प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता भएको छ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपसभापति नागेश काेइरालाले प्रमुखमा मनाेनयन दर्ता गराएका छन् भने उनीसँगै जनता समाजवादी पार्टीको तर्फबाट उपमेयरमा अमरेन्द्र यादवले मनाेनयन दर्ता गराएका छन्। रस्साकस्सीका बिच उम्मेदवारकाे लागि टिकट पाएका काेइरालाले मनाेनयन दर्तापछि प्रतिक्रिया दिँदै विराटनगरमा अस्वाभाविक बढाइएकाे करकाे दर घटाउने र दायरा बढाउने बताएका छन्। विराटनगरकाे स्वास्थ्य, सरसफाइ , खानेपानी र ढल निकासकाे व्यवस्थापन प्राथमिकता पर्ने उनले बताए। असन्तुष्टलाई मिलाएर लग्ने दाबी गरेका काेइरालाले टिकट नपाएको विषयमा मन दुखाउनु नहुने धारणा राखेका छन्।

त्यस्तै, जसपाबाट उपप्रमुखका उम्मेदवार यादवले गठबन्धनले आफूलाई विश्वास गरेका कारण जित आफ्नै हुने दाबी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *