एमालेद्वारा तनहुँमा उम्मेदवार चयन प्रक्रिया सम्पन्न

पोखरा । नेकपा एमालेले तनहुँका सबै पालिकामा उम्मेदवार फाइनल गरेको छ।

कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग मिलेको एमालेले केही पालिका जोशी समूहलाई छोडेर अन्यमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको हो। देवघाटमा दुर्गाबहादुर थापा अध्यक्ष र सावित्री न्यौपानेले उपाध्यक्षको टिकट पाएका छन्। आँबूखैरेनी गाउँपालिका अध्यक्षमा ऋषी केसी, बन्दीपुरको अध्यक्षमा सुरेन्द्र थापा, भानुको मेयरमा सीताराम बजगाईं, ब्यासको उपमेयरमा बसुन्धरा घर्ती, म्याग्दे अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरेले टिकट पाए।

यस्तै, शुक्लागण्डकीको मेयरमा मुक्ति तिमिल्सीना र उपमेयरमा फूलमाया वाग्ले, भीमादको मेयरमा दधिकार सुवेदी र उपमेयरमा शारदा खनाल, ऋषिङको अध्यक्षमा हरिराज कँडेल तथा घिरिङको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीले टिकट पाएका हुन्।

यी बाहेकका ब्यासमा मेयरका लागि, आँबूखैरेनी, बन्दीपूर र भानुमा उपप्रमुखका लागि भने जोशी समूहले उम्मेदवार चयन गर्ने भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *