गण्डकी प्रदेश सांसद थापाले दिए राजीनामा
२०७९ वैशाख १२ गते

पोखरा । नेकपा एमालेबाट पोखरा महानगरको मेयरमा उम्मेदवार बनेका कृष्णबहादुर थापाले राजीनामा दिएका छन्।
थापाले सभामुख नेत्रनाथ अधिकारीलाई आफूले सांसद पदबाट राजीनामा दिएको पत्र दिएका हुन्। त्यस्तै, पोखराको उपमेयरमा भने मञ्जुदेवी गुरुङ नै दोहोरिने पक्का भएको छ।
गत शनिबार दीपक पौडेललाई मेयरको टिकट दिइएको भए पनि उनको आलोचना बढी भएपछि पार्टीले सो टिकट पौडेलबाट खोसेर थापालाई दिएको हो।
२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित









