स्याङजामा कांग्रेसले टुंग्यायो अध्यक्ष र उपाध्यक्षको नाम

पोखरा । स्याङ्जामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षको नाम टुंगो लगाएको छ।

कांग्रेसले स्याङ्जामा ६ गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्षको टिकट वितरण गरेको हो। अर्जुनचौपारीको अध्यक्षमा प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ भने फेदीखोलाको अध्यक्षमा लक्ष्मीप्रसाद बराल, आँधीखोलामा प्रेमराज पौडेल, हरिनासमा टोपबहादुर भुजेल, बिरुवामा डोलराज पोखरेल र कालीगण्डकीमा माया रानालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला पार्टी प्रबक्ता भरत लम्सालले जानकारी दिएका छन्।

नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार भने प्रदेश समितिले चयन गर्नेछ। नगरपालिकाका उम्मेदवार टुंग्याउन भने पोखरामा छलफल अझै जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *