कास्कीमा सम्झौता तोडियो, गठबन्धन दलहरू एक्लाएक्लै चुनाव लड्ने

पोखरा । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको विरोध र प्रदर्शनपछि कास्कीमा गठबन्धन तोडिएको छ।

कास्की कांग्रेसका सचिव भानु ढकालले सबै पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको जानकारी दिएका छन्। आज आइतबार दिउँसो गठबन्धन दलहरूले पालिका र वडा विभाजन लगभग टुंग्याएका भए पनि कार्यकर्ताहरूले भने नाराबाजीसहित गठबन्धनको विरोध गरेका थिए। ‘नेपाली कांग्रेसको केन्द्रीय परिपत्र निर्देशनअनुसार सत्तामा साझेदार गठबन्धनका दलहरूसँग पटकपटक वार्तामा बसी तालमेलको प्रयास जारी थियो। यही अवस्थामा कार्यकर्ताबीचको व्यापक असन्तुष्टि र गठबन्धन नगर्ने राय सुझाव प्राप्त भएको हुँदा मित्रवत प्रतिस्पर्धामा जाने निर्णय गरियो,’ विज्ञप्तीमा उल्लेख गरिएको छ।

अन्तिम समयमा आएर कांग्रेसका पोखरा वडा सभापतिसहित नेता कार्यकर्ताले आफ्ना नेताहरूलाई कार्यालयमै थुनिदिएका हुन्। सो घटनापछि निरन्तर छलफल र बैठक भई गठबन्धनबिना नै एक्ला एक्लै अघि बढ्ने निर्णय गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *