एमालेद्वारा ६ महानगर र ११ उपमहानगरका उम्मेदवार तय; काठमाडौँमा केशव स्थापित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उम्मेदवार छनौटका विषयमा बसेको आज शनिबार साँझको सचिवालय बैठक सम्पन्न भएको छ।

एमालेको आजको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिका लागि उम्मेदवार तय गरेको छ। एमालेले आफ्नो पार्टीभित्र कुनै पनि किसिमको विवाद नरहेको बताउँदै भोलि आइतबार साँझसम्म सबै उम्मेदवारको टुंगो लागिसक्ने र वैशाख १२ गतेभित्र मनोनयनका सम्पूर्ण प्रक्रियाहरूसमेत सकिने जानकारी गराएको छ। 

एमालेले काठमाडौँ महानगरपालिकाको प्रमुखमा केशव स्थापितलाई उम्मेदवार चुनेको छ भने उपप्रमुखमा सुनिता डंगोललाई चुनेको छ। त्यस्तै, ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य बज्राचार्य छनौटमा परेका छन्।

एमालेले बाँकी महानगरपालिका र नगरपालिकामा तय गरेका उम्मेदवारको सूची यस प्रकार छः

महानगरपालिका
भरतपुरः
प्रमुख- विजय सुवेदी
उपप्रमुख- बाँकी

पोखराः
प्रमुख- दीपक पौडेल
उपप्रमुख- मञ्जुदेवी गुरुङ

वीरगंजः
प्रमुख- विजय सराबगी
उपप्रमुख- बाँकी (तालमेल हुने सम्भावना)

विराटनगरः
प्रमुख- बाँकी
उपप्रमुख- बाँकी

उपमहानगरपालिकाः
इटहरीः
प्रमुख- यमकुमार सुब्बा
उपप्रमुख- संगिता चौधरी

धरानः
प्रमुख- मञ्जु भण्डारी
उपप्रमुख- पदम लिम्बु

जनकपुरः
प्रमुख- बाँकी
उपप्रमुख- बाँकी

कलैयाः
प्रमुख- विनोद साह
उपप्रमुख- बाँकी

जितपुर सिमराः
प्रमुख- बाँकी
उपप्रमुख- बाँ की

हेटौंडाः
प्रमुख- अनन्त पौडेल
उपप्रमुख- सुमित्रा काफ्ले

बुटवलः
प्रमुख- बाबुराम भट्टराई
उपप्रमुख- सावित्रादेवी अर्याल

तुलसीपुरः
प्रमुख- टीकाराम खड्का
उपप्रमुख- स्यानी चौधरी

घोराहीः
प्रमुख- नरुलाल चौधरी
उपप्रमुख- उमाकुमारी डिसी

नेपालगंजः
प्रमुख- पशुपति दयाल मिश्र
उपप्रमुख- शान्तिदेवी ढकाल

धनगढीः
प्रमुख- रणबहादुर चन्द
उपप्रमुख- कन्दकला राना थारु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *