जसपा संघीय परिषद सदस्य यादवद्वारा पार्टी परित्यागकाे घाेषणा

विराटनगर । जनता समाजवादी पार्टीका संघिय परिषद सदस्य उमेश यादवले पार्टी परित्यागकाे घाेषणा गरेका छन् ।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा राम्राेमत पाएर पनि पराजित भएका यादवले पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन् ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै यादवले जितिने ठाउमा पनि गठबन्धन गरेकाे भन्दै उनले पार्टीबाट बाहिरिएको बताए । मेयरमा उठिसकेकाे ब्यक्तिलाई उपमेयरमा सिफारिस गर्नु पनि ठिक थिएन, उनले भने, मलाई जितिने ठाउमा पनि गठबन्धन पनि गरेकाे चित्त बुझेन पार्टी छाढ्ने निर्णय गरेँ । उनले आफु स्वतन्त्र भएर बस्ने बताए ।
आफ्ना साथीहरूले उम्मेद्वार बनाउन लागेकाे अबस्थामा विराटनगर महानगर पालिकाकाे मेयरमा उम्मेद्वार बन्नसक्ने संकेत गरेका छन् ।
२०७४ सालकाे स्थानीय तह निर्वाचनमा विराटनगरको मेयरमा यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरेर विजयी भएका थिए ।









