गोरखामा मात्र दुई दलीय तालमेल; ४ दलीय गठबन्धन विभाजित

पोखरा । गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादीबीच मात्रै चुनावी तालमेल हुने भएको छ।

यसअघि जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पनि गठबन्धनमा रहने बताइएकोमा भागबण्डा नमिलेका कारण सो तालमेल कायम हुन नसकेको हो। आठौँ बैठकसम्म पनि सहमति नजुटेपछि गोरखामा चुनावी तालमेल फेरिएको हो। जिल्लामा अब कांग्रेसले ७ र माओवादीले ४ पालिकाको प्रमुख लिएर टिकट बाँडफाँट गर्नेछन्।

कांग्रेसले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिकामा अध्यक्ष लिने सहमति भएको छ। माओवादी केन्द्रले भने पालुङटार नगरपालिका सहित, चुमनुब्री गाउँपालिका र यसअघि जितेको बारपाक सुलिकोट तथा शहीदलखन गाउँपालिका लिने निर्णय भएको छ।

वडाको हकमा पनि यसअघि जितेको वडा यथावत रहने र बाँकी बाँडफाँट गर्ने सहमति कांग्रेस र माओवादीबीच बनेको हो। दुई दलबीच मात्रै चुनावी तालमेल हुँदा गोरखामा चार दलीय गठबन्धन अन्तिम समयमा आइपुगेर भत्किएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *