नेपालमा कोरोनाबाट ९ लाख ६६ हजार ४ सय ९८ जना निको भए

काठमाडौँ । नेपालमा शनिबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ९८ जना निको भएका छन् ।

हाल नेपालमा २ सय ८३ सकि्रय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =