जनकपुरधाम उपमहानगरपालिकामा लोसपाको मेयर र उपमेयरको सूची तयार

२०७९ वैशाख १० गते

लोसपा मेयर उपमेयर
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै जाँदा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आज शनिबार जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको नामावली तयार पारेको छ।
लोसपाको धनुषा कार्यसमितिले जनकपुरधाम उ.म.न.पा.को मेयरका लागि प्रमेश्वर साह, मनोज चौधरी, अमर पजियार, संजय कुमार चौधरीको नाम सिफारिस गरेकोमा त्यसमध्ये मनोज चौधरीले टिकट पाएका छन्। यस्तै, लोसपाका तर्फबाट जनकपुरको उपमेयरमा भने रीता झाले टिकट पाएकी छन्।
मेयरका लागि टिकट पाएका मनोज चौधरी भने यसअघि २०७० को संविधानसभा चुनावमा पनि शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीबाट प्रतिस्पर्धी रहिसकेका हुन्।

२०७९ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित