कीर्तिपुरमा केएमसी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । काठमाडौंको कीर्तिपुर-१० मा शुक्रवार केएमसी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कीर्तिपुर नगरपालिका, काठमाडौं सक्रिय युवा समूह र काठमाडौंको सिनामंगलसि्थत काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

कीर्तिपुर गेट कभर्डहलमा सञ्चालन भएको शिविरमा ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९२ जनाको रक्त परीक्षण, १६७ जनाको भिडियो एक्सरे र १५१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै ३१ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३७ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =