कर्णालीको गठबन्धन धरापमा; उम्मेदवार छनौटको अन्तिम तयारीमा किचलो

सुर्खेत । कर्णालीका ७९ पालिकामा नेकपा एमाले कर्णाली प्रदेशले उम्मेदवारको टुङ्गो अन्तिम चरणमा पुगेको छ।

उम्मेदवार छनौटमा बिहीबारबाट बसेको बैठकले पालिकामा स्तरका प्रमुख, उप–प्रमुख र अध्यक्ष, उपा–ध्यक्षमा उम्मेदवारको टुङ्गो अन्तिममा पुगेको जनाएको छ। तर, प्रदेश अध्यक्ष विनोदकुमार शाहको गृह जिल्ला दैलेखको ठाटीकाँध गाउँपालिकाको उम्मेदवारमा भने टुङ्गो लाग्न सकेको छैन।

प्रदेश अध्यक्ष शाहले आफ्नो श्रीमति लक्ष्मी शाहलाई अध्यक्षको टिकट दिने लविङ्गमा भएपछि उम्मेदवामा चयनमा समस्या भएको हो। अध्यक्ष शाहले श्रीमतिलाई टिकटका लागि लविङ्ग गरेपछि ठाटीकाँधको अध्यक्ष्मा अन्य ६ जना आकाङ्क्षीहरूले विरोध जनाएका छन्। उनीहरूले पार्टीमा दुर्घटनासमेत आउनसक्ने चेतावनी दिएका हुन्।

यस्तै, दैलेखकै आठबिस नगरपालिकाको प्रमुख र उप–प्रमुखमा पनि उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन। प्रदेश कमिटीले नगरकमिटीले सिफारिस गरेको आधारमा टिकट दिने जनाएपनि अन्तिममा आएर उच्चस्तरका नेताहरूले भित्रभित्रै आफ्ना नातेदारलाई लविङ्ग गरेपछि आठबिसमा पनि उम्मेदवार छनौटमा समस्या भएको हो।

यस्तै, दैलेखको दुल्लु नगरपालिका, सुर्खेतका केही स्थानीय तहका समेत उम्मेदवारमा सकस भएको छ भने अन्य पालिकामा करिब–करिब उम्मेदवारको नाम अन्तिम चरणमा पुगेको एमाले स्रोतले जनाएको छ।

गठबन्धमा किचलो

यस्तै, कर्णालीमा यसअघि भागबण्डा गर्ने विषयमा भएको कर्णाली प्रदेशका सत्ता गठबन्धन दलका नेताबीच भएका छलफल बिना निष्कर्ष टुंगिएका छन्।

शुक्रबार मध्यरातसम्म चलेको छलफल बीना कुनै निष्कर्ष नै टुंगिएको हो। प्रदेशका ७९ पालिकामध्ये गठबन्धनमा भएका कुन दलले कुन पालिकाको नेतृत्व लिने भन्ने विषयमा दलका प्रदेशस्थित नेता तथा कार्यकर्ताहरू बिहीबारदेखि छलफलमै केन्द्रित रहेका छन्। स्थानीय तहका उम्मेदवारको मनोनयन दर्ताको काम सुरू गरिहालनुपर्ने अवस्थामा शुक्रबार रातिसम्म भागबण्डाको विषय टुंग्याउने प्रयास गरिएको भए पनि मत विभाजित हुँदा बैठकले निष्कर्ष निकाल्न नसकेको हो। कांग्रेस कर्णाली प्रदेश प्रवक्ता दमन शाहीका अनुसार आज शनिबार साढे ८ बजेदेखि पुनः छलफल सुरू हुने भएको छ।

कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन छ। जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी रहेका छन्। कर्णाली प्रदेशमा सत्तारूढ दलहरू अझै पनि भागबण्डामै अल्झिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *