व्यापार घाटा २८ प्रतिशतले बढ्यो : ९ महिनामा साढे १४ खर्बको आयात, डेढ खर्बको निर्यात

काठमाडौँ । नेपालको वैदेशिक व्यापार घाटा ९ महिनामा २८.४७ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैत मसान्त(९ महिना)सम्ममा १३ खर्ब ६ अर्ब ८ करोडको व्यापार घाटा भएको हो । अघिल्लो आर्थिक वर्ष यही अवधिमा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँको व्यापार घाटा भएको थियो ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालमा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँको आयात वस्तु आयात भएको छ । जबकी अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो आयात ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको भएको थियो ।

त्यस्तै, चालू आर्थिक वर्षको ९ महिनामा निर्यात भने ६९.४४ प्रतिशतले बढेको छ । यो अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा नेपालले ९४ अर्ब ७६ करोडको बस्तु निर्यात गरेको थियो ।

नेपालको वैदेशिक व्यापारमा कुल आयातको हिस्सा ९०.१३ प्रतिशत रहेको छ । निर्यातको हिस्सा जम्मा ९.८७ प्रतिशत रहेको छ ।

चालू वर्षको यो अवधिमा वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५.५९ प्रतिशतले बिन्दुले बढेको हो । अघिल्लो आर्थिक वर्ष यही अवधिमा निर्यातको हिस्सा ७.८६ प्रतिशत रहेको थियो ।

चालू वर्षमा निर्यातको हिस्सा २.१८ प्रशित बिन्दुले घटेको हो । अघिल्लो वर्ष आयातको हिस्सा ९२.१४ प्रतिशत थियो ।

यस्ताे छ वैदेशिक व्यापारकाे तथ्यांक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =