उपकार लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा लघुवित्तको आइपिओ बाँडफाँट भएको हो ।

लघुवित्तले गत चैत २५ गतेदेखि ३० गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको  आइपिओमा कुल २३ लाख ५१ हजार ४६२ आवेदनबाट कुल २ करोड ६२ लाख ५७ हजार ६५० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको छ ।

स्वीकृत आवेदनमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। सोमध्ये भाग्यमानी ६ जनाले थप १ कित्ता प्राप्त गरेका छन् । बाँकी २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *