नेपालले डब्लुएचओ महानिर्देशकलाई दाेस्राे कार्यकालका लागि सघाउने

काठमाडाैँ । नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ ।

बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले महानिर्देशक डा. टेड्रोसले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालको समर्थन रहेको बताएका थिए । मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा धन्यवाद दिए ।

उनले औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहकार्य आवश्यक रहेको धारणा राखे । मन्त्री खतिवडाले नेपालले स्वास्थ्य सेवाहरूमा सबैको समतामुलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा गर्ने योजना बनाएको जानकारी दिएका थिए ।

भेटका क्रममा महानिर्देशक टेड्रोसले नेपाललाई डब्लुएचओको साथ निरन्तर रहने बताएका थिए ।

त्यस्तै, बिहीबार नै महानिर्देशक टेड्रोसले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरे । सिंहदरबारमा भएको भेटमा दुईपक्षीय हितका बारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *