एनएमबि बैंकले ल्यायो प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’

काठमाडौँ । एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरु गर्ने घोषणा गरेको छ । उक्त योजना वैशाख २ देखि असार ३२ सम्म सञ्चालन गरिने बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ मा पाथिभारा व्यवसायिक कृषि कर्जा, मधेस प्रदेसका लागि मधेस व्यवसायिक कृषि कर्जा, वागमती प्रदेशमा स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशको लागी गण्डकी ब्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेसको लागी बुद्धभूमि व्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशमा कर्णाली व्यवसायिक कृषि कर्जा र सुदूर पश्चिम प्रदेशका लागि सुदूर पश्चिम व्यवसायिक कृषि कर्जा योजना ल्याएको जनाएको छ ।
उक्त कर्जा योजनाअन्र्तगत बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशाशनिक शुल्कमा सहुलियत, डेबिट कार्डमा सहुलियत, बीमा तथा क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको जनाएको छ ।

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषि फाइनान्सिङ्गलाई प्राथमिकता दिँदै आइरहेको छ । यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भहरू मध्ये एक हो । दिर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आइरहेको जानकारी गराएको छ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *