नेप्सेमा झिनो सुधार, १ अर्ब ६२ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक झिनो अंकले बढेको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.९४ अंकले बढेर २३२५.४५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक समेत यस दिन २.०२ अंकले बढेर ३४३.१४ बिन्दुमा पुगेको छ ।

१३ ओटा समूहगत सूचक मध्ये बैंकिङ, ट्रेडिङ, फाइनान्स, निर्जीवन मीमा र म्युचल अफण्डबाहेका अरु समूहहरुको सूचक उकालो लागेका छन् ।

यस दिन कुल ३९ लाख ९१ ह्जार ५१ कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लख ६८ हजार ८ सय ४७ रुपैयाँमा किनबेच भएको छ । यस दिन १०० ओटा कम्पनीको सेयर मूल्य बढेको छ । ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन जाल्ला लघुवित्त, ग्रिन्स भेन्चर्स लिमिटेड, समिट लघुवित्त, गणपति लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्तलगायत कम्पनीको सेयरमूल्य सबैभन्दा बढीले बढेको छ । त्यस्तै, घलेम्दी हाइड्रो, राष्ट्रिय बीमा कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, जनरल इस्योरेन्स कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी जस्ता कम्पनीको सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *