डब्लुएचओका महानिर्देशक काठमाडौँमा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणमा तीन दिने नेपाल भ्रमणका क्रममा उनी बिहीबार काठमाडौँ आइपुगेका हुन् ।

त्रिभुवन बिमानस्थलमा महानिर्देशक गेब्रेयससलाई मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन् ।

१० वैशाखसम्म उनी नेपाल भ्रमणमा रहेन परराष्ट्र मन्त्रालयले जनाकारी दिएको छ ।

महानिर्देशक गेब्रेयससको भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीको समेत सहभागिता छ ।

नेपाल भ्रमणका सिलसिलामा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *