सेञ्चुरी बैंकको नयाँ शाखा जोरपाटी माकलवारीमा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले बुधबार उक्त शाखा कार्यालयको उद्घाटन गरी कारोबार सुभारम्भ गरेका छन् । कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

माकलवारी शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *