नायिका केकी अधिकारीले प्रेमी रोहितसँग आज विवाह गर्दै
२०७९ वैशाख ८ गते

काठमाडौँ । नायिका केकी अधिकारीले आज बिहे गर्दैछिन् । उनले प्रेमी रोहित तिवारीसँग बिहे गर्न लागेकी हुन् ।
काठमाडौँ धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो उनीहहरूले बिहे गर्न लागेकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
यसअघि बुधवार केकी र रोहितले मेहेन्दी उत्सव गरेका थिए । एक वर्षदेखिको प्रेमलाई यी दुईले बिहेमा परिणत गर्न लागेका हुन् । रोहित व्यवसायी र ‘हाम्रोबजार डटकम’का सीईओ हुन् ।
२०७९ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित








