नेप्से २३ सय बिन्दु नजिक, ३६ अंकले घट्यो

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ बिन्दुमा आइपुगेको हो । साताको सुरुदेखि नै लगातार घट्दै आएको बजार मंगलबार भने १३ अंकले बढेको थियो । तर, बुधबार भने बजार फेरी ठूलो अंकले घटेको हो ।

यस दिन १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रुपैयाँमा ३५ लाख ७० हजार १४ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १ सय ८३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य बढेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेर कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी जाल्पा लघुवित्त, ग्रिन भेन्चर लिमिटेड, सामुदायिक लघुवित्त लगायत कम्पनीको मूल्य सबैभन्दा बढीले बढेको छ । नेस्डो लघुवित्त, हिमालय ऊर्जा विकास कम्पनी, तेह्रथुम पावर कम्पनी, युनियन हाइड्रोलगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *