स्थानीय निर्वाचन २०७९ : माओवादी नेचासल्यानद्वारा ४ जनाकाे नाम सिफारिस, कसकाे सम्भावना कति ?

साेलुखुम्बु । नेकपा (माओवादी केन्द्र), नेचासल्यान गाउँपालिका समन्वय समितिले आसन्न स्थानीय तहकाे निर्वाचनमा अध्यक्ष पदका लागि ४ नेताकाे नाम सिफारिस गरेकाे छ । मंगलबार बसेकाे समितिकाे बैठकले नेताहरू केशरबहादुर राई, भूपेन्द्र कट्टेल, अनिल राई र रामेश्वर कार्कीकाे नाम सिफारिस गरेकाे समितिका अध्यक्ष सीताराम भट्टराईले जानकारी दिए ।

सर्वसम्मत रूपमा सहमति नजुटेपछि ४ जनाकाे नाम प्रदेश नं. १ समितिलाई सिफारिस गरिएकाे हाे ।

४ जनामध्ये केशरबहादुरलाई मुख्य दाबेदारी उम्मेदवारकाे रूपमा हेरिएकाे छ । उनकाे साथमा नेचासल्यानमा राम्राे जनमत रहेकाे बताइन्छ । यदि केशरबहादुरकाे नाममा सहमति नभए भूपेन्द्र उम्मेदवार बन्नसक्ने सम्भावना बढी छ । उनी संघीय सांसद हेमकुमार राई ‘सुरवीर’का स्वकीय सचिवसमेत हुन् । लामाे समय विद्यार्थी राजनीतिमा व्यतीत गरेका उनी पनि उम्मेदवारकाे बलियाे सम्भावना बाेकेका नेता हुन् ।

यस्तै रामेश्वरकाे सम्भावना उत्तिकै बलियाे रहेकाे बताइन्छ । लामाे समययता  माओवादी राजनीतिमै रहेपनि पार्टीलाई असहयाेग गरेकाे उनीमाथि आराेप लाग्दै आएकाे छ । यद्यपि उनकाे साथमा पनि राम्रै जनमत रहेकाे स्थानीय नेताहरू बताउँछन् । अर्का नेता अनिल राईले आफू ४ जनामध्ये बलियाे उम्मेदवार भएकाे दाबी गर्दै आएका छन् । सहमति जुट्दा केशरबहादुर वा भूपेन्द्रमध्ये एकमा जुट्ने बताइन्छ ।

त्यहाँ अहिलेकाे सत्तारुढ दल नेकपा (एमाले) ले भने बहालवाला अध्यक्ष डुफकुमार बाँस्ताेलालाई नै सर्वसम्मत रूपमा पुन: दाेहाेर्‍याएकाे छ । त्यसबाहेक अर्काे ठूलाे दल नेपाली कांग्रेसले भने उम्मेदवार छान्न सकेकाे छैन । बढी आकांक्षी हुँदा समस्या भइरहेकाे नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *