थप १० जना काेराेना संक्रमित, २६ निकाे
२०७९ वैशाख ६ गते

काठमाडाैँ । नेपालमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ५८ पिसिआर परिक्षणका क्रममा १० जनामा कोरोना पुष्टि भएको हो । १ हजार ३ सय ४५ एन्टीजेन परिक्षणका क्रममा कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ९९ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ३ सय ३४ सक्रिय संक्रमित आइसाेलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








