नेप्से १३ अंकले बढ्यो, १ अर्ब ३२ करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

यस दिन सेयर बजार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ बिन्दुमा पुगेको छ ।

यस दिन १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९ सय ३१ रुपैयाँमा ३२ लाख १३ हजार १ सय ९५ कित्ता सेयर कारोबार भएको छ । यस दिन १२५ कम्पनीको सेयर मूल्य बढेको छ । ५१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन नेस्डो लघुवित्त, ग्रिनभेन्चर, शिवश्री हाइड्रोपावर, हिमालय ऊर्जा विकास जस्ता कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ ।

त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर, कालिका लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, एनआईसी एसिया, स्वावलम्बन लघुवित्तलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *