कञ्चनपुरको बेलडाँडीको अध्यक्ष पदमा पत्रकार गिरीसहित पाँचजना सिफारिस

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा माओवादी केन्द्रबाट पाँचजनाको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रको गाउँ कमिटीले एक पत्रकारसहित पाँच जनाको नाम जिल्ला समन्वयलाई समितिलाई सिफारिस गरि पठाएको छ ।

पालिकाको अध्यक्ष पदका लागि आकांक्षी पत्रकार कृष्णराज गिरी, ईश्वरीदत्त भट्ट, नन्दकिशोर सार्की, कैलाशचन्द्र गिरी र कल्पना गिरीरलाई सिफारिस गरिएको छ । यस्तै पालिकाको उपाध्यक्षमा नैनु गिरी, सुरेन्द्र कोइरालाको नाम सिफारिस भएको गाउँ कमिटीले जनाएको छ ।

पत्रकार गिरी लामो समयदेखि राजनीतिक विटमा पत्रकारित गर्दै आएका थिए । साथै उनी प्रेस सेन्टरको केन्द्रीय सदस्य समेत हुन् । बेल्डाँडीमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच चुनावी गठबन्धन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *