गभर्नर महाप्रसाद अधिकारीको रिट दर्ता, मंगलबार पेशी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको छ ।

अधिकारीले आइतबार आफ्नो निलम्बनविरुद्ध रिट निवेदन दायर गरेको रिट सोमबार दर्ता गरी मंगलबारका लागि उक्त रिटको सुनुवाइ गर्ने गरी पेश तोकिएको छ । उक्त रिटको एकल इजलाशमा सुनवाइत हुने भएको छ ।

सरकारले आफूमाथि निराधार आरोप लगाएर निलम्बन गरेको र जाँचबुझ समितिसमेत गठन गरेर पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको भन्दै गभर्नर अधिकारीले आइतबार सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

सरकारले भने सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा गभर्नर अधिकाीबारे जाँचबुझ समिति समेत गठन गरेको छ ।

मुलुकमा आर्थिक संकट सिर्जना हुनुमा गभर्नरको कमजोरी रहेको, सरकारलाई सहयोग नगरेको, बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको लगायतका आरोप लगाएर सरकारले उनलाइ निलम्बन गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =