प्रचण्डकाे अभिव्यक्ति- ‘तल्लाे समितिहरूकाे असन्तुष्टिले तात्त्विक फरक पार्दैन’ (भिडिओसहित)

'माओवादीलाई भरतपुर र रेणु नै चाहिन्छ भन्ने हाेइन'

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका तल्लाे समितिहरूकाे असन्तुष्टिले स्थानीय निर्वाचनमा तात्त्विक फरक नपर्ने अभिव्यक्ति दिएका छन् । साेमबार पार्टी मुख्यालय, काेटेश्वर पेरिसडाँडामा आयाेजित पत्रकार सम्मेलनमा पत्रकारहरूसँगकाे सवालजवाफका क्रममा प्रचण्डले यस्ताे बताएका हुन् । पार्टी एउटा संस्था भएकाे र संस्थागत निर्णय केन्द्रबाट भइसकेकाे उल्लेख गर्दै प्रचण्डले भनेका छन्, ‘संस्थागत निर्णय भइसकेकाे छ । यसले तात्त्विक रूपमा केही फरक पर्दैन ।’

पार्टीकाे निर्णय मान्नुकाे विकल्प जिल्लास्थित नेताहरूसँग नरहेकाे प्रचण्डकाे भनाइ छ ।

‘माओवादीलाई भरतपुर र रेणु नै चाहिन्छ भन्ने हाेइन’

प्रचण्डले आफूहरूले महानगरकाे भागबन्डाअन्तर्गत भरतपुर नै चाहिन्छ भनेर नभनेकाे जिकिर गरेका छन् । ६ मध्ये जुनसुकै महानगर माओवादी केन्द्रले लिने उनकाे भनाइ छ । ‘महानगर भाग लगाउँदा माओवादी केन्द्रकाे भागमा पनि कमसेकम एउटा त पर्छ नै हाेला,’ उनले भनेका छन्, ‘त्यसाे हुँदा हामीले भरतपुर नै हुनुपर्छ भनेर पनि भनेका छैनाैँ । भरतपुर भयाे भने सजिलाे हुन्छ मात्रै हामीले भनेका हाैँ ।’

भरतपुरमा अहिले पनि माओवादी केन्द्रकै सरकार भएकाेले पनि आफूहरूकाे पहिलाे राेजाइमा भने भरतपुर नै परेकाे प्रचण्डकाे भनाइ छ । ‘रेणु नै हुनुपर्छ र भरतपुर नै हुनुपर्छ भन्ने पटक्कै हाेइन । काठमाडाैँ, विराटनगर वा अरु जुनसुकै भएपनि हुन्छ हामीलाई । तर, भागबन्डामा कमसेकम एउटा त पर्छ नै हाेला; त्यसमा भने भरतपुर नै लिन्छाैँ नित भनेर भनेका हाैँ ।’

‘एक्लै भएपनि माओवादीले राम्राे जनमत ल्याउँछ’

प्रचण्डले गठबन्धनमा रहमति जुटेन भनेपनि माओवादी एक्लै निर्वाचनमा जाने र दलहरूसँग मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन् । ३ महिनायता एक्लै भएपनि चुनावमा हाेमिने र परिणाममुखी काम गर्नेगरी माओवादीले काम गरिरहेकाे उनकाे भनाइ छ । ‘हामी चुनावमा त गठबन्धनबाटै जान्छाैँ,’ उनले भनेका छन्, ‘तर फेरि सहमति नै जुटेन भनेपनि त हेरेर बस्ने कुरा त भएन । चुनावमा त जानैपर्‍याे । त्याे भएर हामीले ३ महिनायता यसैगरी सहमति जुटाएका छाैँ ।’

गठबन्धनबाटै चुनावमा हाेमिने काेसिस गठबन्धनले गरिरहेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘एक्लै भएपनि चुनाव त लड्छाैँ नि । नतिजा पनि राम्रै ल्याउँछाैँ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *