नेप्से २९ अंकले घट्यो, परिसूचक २४ सय बिन्दुबाट तल ओर्लियो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यस दिन सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९.६० अंकले घटेर २४८५.६४ बिन्दुमा ओर्लिएको छ । यस दिन १ अर्ब ४४ करोड ७ लाख २३ हजार १ सय ८२ रुपैयाँमा ३४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिन १६७ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको मूल्य बढेको छ । यस दिन ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिनको कारोबारमा नेस्डो समृद्ध लघुवित्त, जाल्पा लघुवित्त, सामुदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्तलगायत कम्पनीको सेयर मूल्य बढेको छ । हुर्जा, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्तलगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *