गभर्नर निलम्बनकाे विराेधमा राष्ट्र बैंकका कर्मचारीद्वारा आन्दोलन सुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको विरोधमा कर्मचारीले आन्दोलन सुरु गरेका छन् ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको नेतृत्वमा आन्दोलन सुरु भएको हो । उनीहरुले केन्द्रीय कार्यालय परिसरमा विभिन्न माग लेखिएका कालो ब्यानर टाँगेर कोणसभाको आयोजना गरेका छन् ।

राष्ट्र बैंकका अन्य कार्यालयहरुमा समेत गभर्नर निलम्बनको विरोधमा ब्यानर टाँगेर विरोध सुरु गरिएको छ ।

गभर्नर माथि सरकारले लगाएको आरोप निराधार रहेको र स्वायत्त निकायमाथि सरकारले हस्तक्षेप गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले कोणसभालाई सम्बोधन गर्दै वित्तीय माफियाहरुको चंगुलमा फसेर राज्य सञ्चालकहरुले गलत कदम चाल्ने गरेको बताए ।
उनले सरकारले गर्भनर अधिकारीमाथि गरेको निलम्बन फुकुवा गर्न माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twelve =