कैलालीमा गठबन्धन दलबीच सहमति जुटेन, प्रदेशलाई जिम्मा

धनगढी । कैलालीमा चुनावी तालमेलका विषयमा गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन । सहमितका लागि बसेको छैठौं बैठक पनि निष्कर्षविहीन बनको छ ।

शनिबार बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो ।

दलहरूबीच सहमति नजुटेपछि भागबण्डा टुंग्याउने जिम्मा प्रदेशस्तरीय समितिलाई दिइएको छ । बैठकमा नेपाली कांग्रेसले जिल्लाका १३ मध्ये ११, नेकपा माओवादी र एकीकृत समाजवादीले चार/चार स्थानीय तहमा दाबी गरेको छ ।

काँग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसहितको मतभार हेरेर धनगढी उपमहानगरपालिका सहित ११ पालिका आफूले पाउनुपर्ने भन्दै दाबी गरेको नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए ।

यसैगरी नेकपा माओवादी केन्द्रले पनि यसअघि कैलारी गाउँपालिका र भजनी नगरपालिका गरि दुई पालिकामा दाबी गरेकोमा शनिबारको बैठकमा भने चार पालिकामा दाबी गरेको छ । समाजबादीले चार पालिकामा दाबी गरेपछि माओबादीले पनि नेतृत्व गर्ने पालिका संख्या बढाएको उनले बताए ।

काँग्रेसले आफ्नो मतभारका आधारमा ११ मा दाबी गरिएपछि धनगढीसहित आठ पालिका पाउनुपर्ने अन्तिम बटमलाइन रहेको सचिव सुनारले बताए । उनकाअनुसार जिल्ला तहबाट भागबण्डाको कुरो नमिलेपछि दलहरूको दाबीसहितको विवरण गठबन्धनको प्रदेश समितिमा पठाउने निर्णय गरिएको सचिव सुनारले बताए ।

उनका अनुसार गठबन्धकै विषयमा काँग्रेस कैलालीको आन्तरिक बैठक आइतबार बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *