दुहबीको मेयरमा एमालेबाट विनय पोखरेलको नाम सर्वसम्मत सिफारिस

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट विनय पोखरेलको नाम सर्वसम्मत टुंगोलागेको छ ।

नेकपा एमाले दुहबी नगर कमिटिले एमालेबाट नगरपालिकाको मेयरमा पोखरेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पोखरेल यस अघि पनि मेयरका उम्मेदवार थिए ।

विजय गच्छदारको क्षेत्र भनेर चिनिएको दुहबीमा २०७४ सालको निर्वाचनमा कांग्रेसका बेद गच्छदारले चुनाव जितेका थिए ।

त्यो बेला गच्छदार फोरम लोकतान्त्रिकबाट विजयी भएका हुन् । सरल स्वाभाबका कारण सबैको मन जित्ने उनै एक मात्र उम्मेदवार रहेको कारण पनि उनलाई सर्वसम्मत उम्मेदवार बनाइएको एमाले नगर कमिटिले जनाएको छ ।

जित्नको लागि उम्मेदवार बनाउनुपर्ने भएकोले सबैले रोजेको व्यक्तिलाई उम्मेदवार भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *