माओवादी केन्द्रबाट धनगढी मेयरको उम्मेदवारमा अधिकारी सर्वसम्मत

धनगढी । नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । नगर कमिटीको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको माओवादी धनगढी नगर कमिटीका सचिव रमेशप्रसाद भट्टराइले जानकारी दिए ।

अधिकारी गत स्थानीय तह निर्वाचनमा माओवादीबाट धनगढीको उपमेयरको उम्मेदवा थिइन् । त्यस्तै धनगढीको उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम जिल्ला समितिलाई सिफारिस गरिएको सचिव भट्टराइले जानकारी दिए ।

उपमहानगरभित्र रहेका प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारीको सहितको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । कैलालीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् ।
तालमेलमा सहमति भए पनि सत्तारुढ गठबन्धनबीच स्थानीय तहको नेतृत्व भागवण्डामा भने सहमति जुटेको छैन ।

गठबन्धन भएको अवस्थामा परिस्थिति फरक हुने सचिव भट्टराईले बताए । तर एक्लै चुनाव लड्नुपर्ने परिस्थितिमा उहाँहरुमध्येबाटै उम्मेदवार बनाएर प्रतिस्पर्धामा जाने उनको भनाई छ । उनका अनुसार गठबन्धनमा भएको सहमतिका आधारमा नगरले सिफारिसका आधारमा पार्टीले उम्मेदवार टुङ्ग्याउने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *