विराटनगरको मेयरमा कांग्रेसद्वारा ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले केन्द्रीय सदस्य देखि महानगर समिति सभापतिसम्मको नाम सिफारिस गरेको छ । महानगर समितिले मेयरका लागि ७ जना र उपमेयरका लागि १२ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको नगर सभापति दीपक चापागाईले जानकारी दिए ।

यस अघि चर्चामा रहँदै आएको नामहरुलाई मेयरमा सिफारिस गरिएको हो । केन्द्रीय सदस्यहरु ३ जनाले प्रदेश सदस्य १ जना र अरु जिल्ला तहका नेताहरुको नाम सिफारिस भएको हो । नाम सिफारिस भएका केन्द्रीय सदस्यमा अमृत अर्याल, डा.डिला संग्रौला, अहिलेका मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको छन् ।

जिल्ला तहका नेताहरुमा उपसभापति नागेश कोइराला, उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईको नाम केन्द्रीय कार्यालयमा बुझाएको महानगर समितिले जनाएको छ । यी नाम मध्ये मेयरकालागि नागेश कोईराला, अमृत अर्याल र ईन्दीरा कार्कीको नाम चर्चामा छ ।

उपमेयरका लागि १२ जनाको नाम सिफारिस गरिएको छ । उपमेयरमा झुमा निरौला, निरज कोइराला, प्रमिला थापा, प्रमिला गच्छदार, जस्मिन मण्डल, सचि चौधरी, डा.सीता घिमिरे, गीता सिलवाल, पंकज बर्मा, राजु मास्के, दुर्गा कोइराला, पुनम सिंहको नाम सिफारिस नाम सिफारिस गरिएको नगरसभापति चापागाईले मकालुखबरलाई बताए । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस एक्लैले चुनाव गर्ने निर्णय गरिसकेकोले सिफारिस गर्न रोकेर राखिरहनु पर्ने अबस्था नभएको उनको भनाई छ।

चुनावी तालमेल गर्नेबारेमा महानगरपालिका स्तरमा आएर कुनै पनि छलफल नभएकोले बिराटनगर महानगरपालिका भित्र तालमलेको आबश्यकता नभएको उनको भनाई छ। १९ वटा वडामा नै तालमेल आबश्यकता नरहेको भन्दै वडा सभापतिहरुले गरेको निर्णय नै केन्द्रमा पठाईएको चापागाईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *