एकीकृत समाजवादीद्वारा पोखरा मेयरमा ५ जनाको नाम सिफारिस

पोखरा । नेकपा एकीकृत समाजवादीले पोखराको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले मेयरमा ५ र उपमेयरमा ३ जनाको नाम सिफारिस गरेको हो ।

मेयरमा पोलिट्ब्युरो सदस्य तथा महानगर इन्चार्ज श्रीनाथ बराल, जिल्ला अध्यक्ष धनराज आचार्य सहित नेताहरु विजयबाबू बनबासी, मदनकाजी श्रेष्ठ र प्रेम थापाको नाम छ भने उपमेयरमा होमबहादुर नेपाली, पूर्ण लामा र संगीता केसीलाई सिफारिस गरिएको छ ।

पोखरामा मेयर एकीकृत समाजवादीले पाउने सम्भावना बलियो छ । बराल र आचार्यबीच बढी प्रतिश्पर्धा हुने देखिन्छ । उनीहरु दुवैजनाले निकै जोडका साथ दावी गरिरहेका छन् ।

यसपछि प्रदेश र जिल्ला कमिटी समेतको सुझावका आधारमा मेयर र उपमेयरको टिकट टुंगो लाग्ने बताइएको छ ।

मेयर र उपमेयरमा नाम सिफारिस हुँदै गर्दा वडाका उम्मेदवार भने अहिलेसम्म टुंगो लागेको छैन । पोखरामा गठबन्धनका कारण अलमल बढी छ ।

प्रतिक्रिया

One thought on “एकीकृत समाजवादीद्वारा पोखरा मेयरमा ५ जनाको नाम सिफारिस

  1. पोखरा महानगर भित्र का ३३ वटै वडा ले आफ्नो आफ्नो ठाउँ बाट उमेद्वेवार चयन गरेर पठाइ सकेको छ , समाचार मिलाउनु हुन अनुरोध .

Leave a Reply

Your email address will not be published. Required fields are marked *