भद्रकुमारी घलेका १५१ वटा पुस्तककाे एकैसाथ विमाेचन हुने

काठमाडाैँ । वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका एक सय ५१ पुस्तकहरू वैशाख दश गते विमोचन हुने भएको छ ।

भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा दश गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुने शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ ।

यसअघि विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भोगाइसँग सम्बन्धित १४१ पुस्तकहरू प्रकाशित गरिसकेकी घलेले एउटै मञ्चबाट ४९ पुस्तकहरूको एकसाथ विमोचन समेत गरिसकेका छन् । त्यस्तै, वैशाख ३० गते बिमोचन हुने १५१ पुस्तकहरूमा निबन्ध, कविता, र भजन सङ्ग्रहहरू रहेको घलेले जानकारी दिइन् ।

नौ दशक उमेर पार गरिसकेकी घलेका १ सय ५१ वटा पुस्तक एकैसाथ विमोचन हुने विषयलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लैजाने योजना बनाइएको भद्रकुमारी घले सेवा सदनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *