अमेरिकाले दिन लागेकाे ८० अर्ब अनुदान स्वीकार गर्ने सरकारकाे निर्णय

काठमाडौँ । सरकारले अमेरिका सरकारको संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिन लागेकाे झण्डै ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुन लागेकाे ७९ अर्ब ७१ करोड अनुदान सरकारले स्वीकार गरेकाे हाे ।

३० चैत २०७८ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलिडन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने पनर्णय भएको जानकारी दिए ।

त्यस्तै, सरकारले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ सहयाेग पनि स्वीकार्ने निर्णय गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *