सुनको मूल्य ५ सय बढ्यो, तोलाको १ लाख २ हजार

काठमाडौँ । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला १ लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार यस दिन तेजाबी सुनको मूल्य तोालको १ लाख एक हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु १ लाख एक हजार थियो ।

चाँदीको मूल्य शुक्रबार अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ४१५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यस दिन सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =