गण्डकीका सभामुख अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

पोखरा । निर्वाचन आयोगले गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

बिहीबारको बैठकले सभामुख अधिकारीले विवादित अभिब्यक्ति दिएपछि त्यसको जवाफ दिन पत्र लेखेको हो । उनले पोखराको एक कार्यक्रममा २०७४ को निर्वाचनमा आफुले फेक डकुमेण्ट आयोगलाई दिएको बताएका थिए ।

निर्वाचन आयोगमा आफूले खर्चको गलत विवरण बुझाएको र अहिले आयोगको सीमाभित्रको रकमबाट चुनाव लड्न नसक्ने अवस्था रहेको उनको भनाई थियो । सो विषयमा ७ दिनभित्र जवाफ दिन आयोगले पत्र पठाएको छ ।

उनको अभिब्यक्तिको समाचार यसअघि मकालुखवरले नै सार्वजनिक गरेको थियो ।

यो पनि:

गण्डकीका सभामुखको विवादित बयान – ‘आयोगलाई ढाँटेर चुनावी खर्च पेश गरेँ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *